पहिरोले घर बगाउँदामा खोटाङमा एकै परिवारका ३ जना बेपत्ता « Khabarhub

पहिरोले घर बगाउँदामा खोटाङमा एकै परिवारका ३ जना बेपत्ता


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्लाको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । पहिरोका कारण एक व्यक्ति घाइते छन् ।

विगत ४ दिनदेखि अबिरल वर्षाका कारण शुक्रवार बिहान गएको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।

शुक्रवार बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्,’ उनले भने, ‘अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।’

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ०६ बजे

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौँ– सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा

२३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको

मौसमका कारण जहाज खोजीमा कठिनाइ, स्थल मार्गबाट सेना र प्रहरी पठाइयो  

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार

जातीय विभेदविरुद्ध बनेका वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट

काठमाडौँ– नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था