नेकपाको जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली नजाने ! | Khabarhub Khabarhub

नेकपाको जनयुद्ध दिवसमा प्रधानमन्त्री ओली नजाने !


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जनयुद्ध दिवस’का अवसरमा आयोजना गर्ने कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी नहुने भएका छन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि शुरु गरेको ‘जनयुद्ध’को सम्झनामा माओवादीसमेतको एकीकरण पछि बनेको नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

श्रद्धाञ्जली सभामा नेकपाका दुवैजना अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको थियो । तर, मंगलवार नेकपा केन्द्रीय कार्यालय प्रचण्ड मात्रै कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुने जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठको हस्ताक्षर सहित सम्प्रेषित निमन्त्रणा पत्रमा प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी हुने उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकतापछि बनेको नेकपाले औपचारिक रुपमा ‘जनयुद्ध दिवस’ मनाउने तयारी गरेको छ । नेकपा महासचिव विष्णु पौडेलले सबै प्रदेश र जिल्ला कमिटीलाई पत्राचार गरी फागुन १ गते जनयुद्ध दिवस मनाउन निर्देशन जारी गरेका छन् । तर, केन्द्रमा हुने कार्यक्रममा भने अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने सहभागी नहुने भएका छन् ।

नेकपा केन्द्रीय कार्यालय स्रोतले प्रधानमन्त्री ओलीको व्यतस्तका कारण उनी सहभागी संभावना कम रहेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ०७ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,