कजाखस्तानको इतिहासकै दोश्रो राष्ट्रपतिले लिए सपथ | Khabarhub Khabarhub

कजाखस्तानको इतिहासकै दोश्रो राष्ट्रपतिले लिए सपथ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नूरसुल्तान– कजाखस्तानको इतिहासकै दोश्रा राष्ट्रपतिका रुपमा कसिम जोमार्ट टोकाएभले सपथ लिएका छन् । राजधानी नूरसुल्तानमा प्रहरीको बाक्लो उपस्थितीमा टोकाएभले मुलुकको दोश्रो राष्ट्रपतिका रुपमा बुधबार सपथ ग्रहण गरेका हुन् ।

गत आइतबार त्यहाँ भएको निर्वाचनमा टोकाएभ विजयी भएको औपचारिक घोषणापछि उनले राष्ट्रपतिको सपथ ग्रहण गरेका हुने । निर्वाचनका क्रममा भएको प्रदर्शनका क्रममा प्रहरीले ५ सय जनाभन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । यसअघि मुलुकका पहिलो राष्ट्रपति नूरसुल्तान नजरबयेभले गत मार्चमा एक्कासी पदबाट राजीनामा दिएपछि उनको स्थानमा टोकाएभ राष्ट्रपति बनेका थिए ।

कजाखस्तानले तत्कालिन सोभियत संघबाट स्वतन्त्रता पाएयता सन् १९९१ देखि नजरबयेभ त्यहाँका राष्ट्रपति रहँदै आएका थिए । नवनिर्वाचित राष्ट्रपति टोकाएभले पनि नजरबयेभकै परिकल्पनाअनुसार कजाखस्तानको विकास र समृद्धिलाई निरन्तरता दिने बाचा गरेका छन् ।

नजरबयेभको शासनकालमा कजाखस्तानमा मानअधिकार तथा अन्य स्वतन्त्रतामाथि अंकुश लाग्दै आएको भन्दै आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : २३ बजे

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका