विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् ।

चितवनको इच्छाकामना– ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्धारको नमूना प्रदर्शनको क्रममा बुधबार गृहमन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन् । गृहमन्त्री थापाले भने, “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिरहनु भएको छ, तपाईहरुप्रति सिङ्गो देश नै गौरवान्वित भएको छ ।”

त्रिशूली नदीमा ‘विपद् व्यवस्थापन तालीम केन्द्र’ कुरिनटारबाट तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारको नमूना प्रदर्शन गरेका थिए । उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्ति, पानीमा डुबेकाको खोजीमा गोताखोरले गर्ने र र्‍याफटिङ पल्टिँदा दुर्घटनामा परेकाको उद्धार गर्ने तरिका प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलले झण्डै ११ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरी उद्धार गर्ने व्यक्तिलाई तालीम दिँदै आइरहको छ । विशेष गरी केन्द्रबाट आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ ।

गृहमन्त्री थापाले त्यहाँ रहेको ट्रमा सेन्टरको पनि अवलोकन गर्नुभएको थियो । कूल २५ श्याको ट्रमा सेन्टर अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी सो सेन्टर निर्माण गरिएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ०६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत