प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स प्रस्थान | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स प्रस्थान


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतबाट फ्रान्स प्रस्थान गरेका छन् ।

बुधबार विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली लण्डनबाट रेलमार्ग प्रयोग गरी फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेका हुन् । फ्रान्सका प्रधानमन्त्री एदुआर्द फिलिपको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सको भ्रमणका लागि निस्केका हुन् ।

यसअघि बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरिजा मे, बेलायती राजकुमार ह्यारीसहित विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । त्यस्तै, उनले अक्सफोर्ड युनियनमा सम्बोधन समेत गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ४२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड