अन्तर विद्यालय फुटसल शुक्रबारबाट | Khabarhub Khabarhub

अन्तर विद्यालय फुटसल शुक्रबारबाट


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो ।

शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ३० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । उपविजेताले २० हजार सहित मेडल र ट्रफी पाउने छन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई गोल्डेन गेट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ । आयोजक र गोल्डेन गेटबीच बुधबार एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । गोल्डेन गेटका सिईओ रमेश सिलवाल र कखराका सिईओ कृष्ण प्रसाद कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति