बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा | Khabarhub Khabarhub

बुवाआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने बिहार सरकारको घोषणा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको विहार सरकारले वृद्ध आमाबुवाको सेवा र हेरचाह नगर्ने सन्तानलाई जेल सजाय हुने घोषणा गरेको छ ।

बिहारमा सत्ता सञ्चालन गरिरहेको नीतीश कुमारको सरकारले वृद्धबृद्धाको सामाजिक सुरक्षाका लागि महत्वपूर्ण फैसला गरेको हो ।

नयाँ घोषणासँगै सरकारले अब कानून ल्याउने छ जसमा बृद्ध आमाबुवाको सेवा गर्नु सन्तानका लागि अनिवार्य गरिएने व्यवस्था राखिएको छ । आमाबुवाको हेरचाह नगर्ने सन्तालाई जेल पठाउने व्यवस्था पनि कानूनमा राखिएको छ ।

मंगलबार बसेको बिहार राज्यको मन्त्रिपरिषद् बैठकले यससँग जोडिएको कानूनलाई स्वीकृत गरेको छ । अब यो कानून लागू भएपछि आमाबुवाले आफ्ना सन्तानका बारेमा उजुरी गरे उसलाई कारवाही हुने भएको छ ।

विहारका मुख्यमन्त्री नीतीश कुमारले भने,‘आजको परिवर्तित सामाजिक परिवेशमा आफ्ना सन्तानको हेरचाह गर्ने आमाबुवालाई सामाजिकदेखि कानूनी संरक्षण दिनु सरकारको पनि कर्तव्य हो ।’

यसअघि नीतीश सरकारले मदिरा विक्री वितरणमा रोक लगाएको थियो । विहारमा नीतीश सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : २० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि