उतार–चढाव नै सिकाइको अर्को पाटो– सन्दीप लामिछाने | Khabarhub Khabarhub

उतार–चढाव नै सिकाइको अर्को पाटो– सन्दीप लामिछाने



काठमाडौं – ‘सिक्ने क्रम सधैँ रहन्छ । क्रिकेटमा राम्रा ब्याट्सम्यानहरु पनि शून्यमा आउट भएका इतिहास छन् र राम्रा बलरहरुले धेरै रन खाइरहेका पनि हुन्छन्,’ १२ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका सन्दीप लामिछानले भने, ‘तर, यसको मतलव यो होइन कि कुनै खेलाडी राम्रो होइनन् । मलाई लाग्छ, उतार–चढाव नै सिकाईको अर्को पाटो हो ।’

दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीले यो सिजनमा ६ खेल खेल्ने अवसर पाएका थिए । जसमा ८ विकेट लिएर २ सय १० रन खर्चिए । आईपीएलमा उनको पछिल्लो खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट नरहँदा पनि नेपाली समर्थकले साथ दिएकै थिए ।  तर, आइतबार आईपीएलबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग बोल्दै सन्दीपले आफ्नो टिम र आफ्नो व्यक्तिगत प्रदर्शन राम्रो भएको बताए । ‘समग्रमा हेर्दा खेल राम्रै भयो । कम अवसर पाए पनि अघिल्लो सिजनको भन्दा धेरै खेल खेल्ने मौका पाएँ,’ सन्दीपले भने ‘ममाथि टिमको विस्तारै विश्वास बढ्दै गएको छ । तर, टिममा स्थानीय खेलाडी नै लेग स्पिनर भएकाले विदेशी कोटाबाट कतिपय खेलमा ब्याटिङ अर्डर भएका खेलाडीलाई अवसर दिँदा केही खेल खेल्न पाइएन ।’

सन्दीपको टिम दिल्ली क्यापिटल्स अघिल्लो सिजनमा आईपीएलको पुछारमा थियो । यो सिजनमा दोस्रो एलिमेनेटरमा चेन्नई सुपर किङ्ससँग पराजित भएपछि तेस्रो स्थानमा रहँदै सिजनको समापन गर्यो । यो प्रगतिलाई समर्थकले प्रशंसा गरे ।  युवा क्रिकेटर श्रयस अयरको कप्तानीमा रहेको दिल्ली सन् २०१२ पछि पहिलो पटक प्लेअफमा स्थान बनाएको हो ।

तर, आईपीएलमा इतिहास रच्नबाट भने चुक्यो । दिल्लीको सफलताको हिस्सेदार बन्ने अवसर पाएका नेपाली लेग स्पिनरले पनि आफ्नो टोलीको प्रदर्शनलाई ‘अविश्वसनीय’ प्रदर्शनको संज्ञा दिएका छन् । दिल्लीको सफलतामा कुनै न कुनै मुभमेन्टमा आफ्नो पनि योगदान रहेको बताएका उनले क्रिकेट टिम गेम भएकाले सबै खेलाडीको योगदान रहेको बताए । ‘कुनै खेलमा कसैको त कुनै खेलमा कसैको योगदान रहेको छ । यस्तै कुनै मुभ्मेन्टमा मेरो पनि योगदान रह्यो ।’ एसोसिएट क्रिकेटको आइकनका रुपमा आफ्नो पहिचान बनाएका सन्दीपले आईपीएल जस्तो सुकै खेलाडीका लागि पनि चुनौति रहेको बताए ।

यस्तै, सन्दीपले आगामि दिनमा आफूलाई बलिङ, ब्याटिङ र फिल्डिङमा अल राउण्डरका रुपमा स्थापित गर्ने गरी अभ्यास गरिरहेको बताएका छन् । दिल्लीबाट पनि कतिपय खेल उनको ब्याटिङ अर्डर राम्रो नहुँदा स्थान पाएनन् । तर, ब्याटिङका लागि मेहनत गरिरहेको उनले बताए ।

सचिनसँगको भेट

लेग स्पिनर सन्दीपले आईपीएलका क्रममा भारतमा रहँदा विश्व क्रिकेटका महारथी सचिन तेन्दुलकरसँगको तस्वीर सार्वजनिक गरेका थिए । सचिन विश्व क्रिकेटका सबैभन्दा सफल खेलाडी हुन् । भारतीय राष्ट्रिय टोलीका कप्तान तथा लिजेन्ड सचिनसँगको भेटमा नेपाली क्रिकेट बारे कुरा भएको सन्दीपले बताए ।

उनले सचिनले भेटमा नेपाली क्रिकेटको प्रगति भइरहेको भन्दै शुभेच्छा प्रकट गरेको उनको भनाइ थियो । ‘हामीले नेपाली क्रिकेट बारे कुरा गरेको थियौं । सचिन जस्तो लिजेन्ड क्रिकेटरले नेपाली क्रिकेटलाई पनि पछ्याउनु भएको छ । उहाँले हाम्रो क्रिकेट बारे नै कुरा गर्नु भएको थियो,’ सन्दीपले भने, ‘हामीले अन्य देशलाई ‘फलो’ गरेजस्तै उनीहरुले पनि हामीलाई फलो गरिरहेका हुन्छन् ।’

केही दिन आराम गर्छु

आइतबार मात्रै नेपाल फर्किएका सन्दीपले केही समय घरपरिवारसँग बिताउने बताएका छन् । यस्तै, उनले ढाड दुख्ने समस्या भएको भन्दै आराम गर्ने बताएका छन् । जेठ १ गतेदेखि शुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोतिामा भने सहभागी नहुने संकेत गरेका छन् । उनले भने, ‘तत्काल म घर परिवारसँग समय बिताउँछु । यस्तै, ब्याक पेन पनि छ । त्यसको आराम गर्छु ।’

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ८ : ०४ बजे

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि