नर्सहरुलाई तलब नदिने सरकारी अस्पताललाई पनि कानूनी कारवाही हुन्छ : श्रम मन्त्री विष्ट | Khabarhub Khabarhub

नर्सहरुलाई तलब नदिने सरकारी अस्पताललाई पनि कानूनी कारवाही हुन्छ : श्रम मन्त्री विष्ट


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम ऐनमा निधारण गरेअनुसार तलब नदिइ काम लगाउन अस्पताललाई कानूनी कारवाही गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

आइतवार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर बोल्दै श्रम मन्त्री विष्टले नर्सिङ जस्तो पेशामा नीजि अस्पताल खोलेर श्रम शोषण गर्ने नहुने धारण राखेका थिए ।

सरकारले देशभित्र काम गर्ने सवै क्षेत्रका श्रमिकलाई रोजगारीको प्रत्याभुति र सुरक्षा ग्यारेन्टी गर्ने नियम कानून बनाइसेको मन्त्री विष्टले बताए । उनले भने, ‘देशभित्र ठूलो संख्यामा नर्सको आवश्यकता छ । हाम्रो समाजमा नर्सिङ पेशालाई राम्रो अथवा मर्यादित मानिन्छ । जसका कारण सवै समान ज्याला काम गर्ने प्रेरित गर्नुपर्छ । देशभित्रका नीजि कम्पनीका कारण धेरै युवा विदेश पलायन भइरहेका छन् ।’

नर्सहरुले धेरै काम गर्नु परेपनि थोरै पारिश्रमिक रोजगारदाताले दिइरहेको प्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

देशभित्र रोजगारी गरिरहेका नर्सलाई धेरै चुनौती रहेको नेपाल नसिङ संघकी अध्यक्ष तारा पोखरेलले बताइन् । नर्सका समस्याप्रति सरकार नै गम्भीर भएर काम नगरेको उनको आरोप छ । सरकारले नर्सका लागि रोजगारका अवसरप्रति ध्यान नदिदाँ नर्स पढेका धेरै युवायुवती बेरोजगार रहेको अध्यक्ष पोखरेलले बताइन् ।

देशभित्र नर्सिङ अध्ययन सकेर बसेका ७० हजारभन्दा बेरोजगार अवस्थामा भएको संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ५८ बजे

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक

वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला