यू-१९ विश्वकप क्रिकेट एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै « Khabarhub

यू-१९ विश्वकप क्रिकेट एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले सिंगापुरको सामना गर्दैछ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा केहीबेरमा खेल शुरु हुँदैछ । खेल बिहान ७:४५ मा शुरु हुनेछ ।

विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । छनोट खेलमा नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने छ ।

रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदै छ । हेड टु हेड नेपाल सिंगापुरविरुद्ध हावी हुँदै आएको हुँदा आजको खेल नेपालका लागि सहज हुने अनुमान गरिएको छ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सूर्य तामाङ

वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेशबहादुर बम, रवि कुमार शाह र शेर मल्ल
प्रशिक्षक : विनोद दास
टिम म्यानेजर : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने

यो पनि हेर्नोस्

रोहितको काँधमा यु–१९ टोली, उपकप्तान मल्ल भन्छन्– विश्वकप जित्ने सम्भावना छ

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया