सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध, आपराधिक संगठन भएको ठहर | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध, आपराधिक संगठन भएको ठहर



काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा माथि प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठनको रुपमा रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको पछिल्ला गतिविधि हिंसात्मक भएको, शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको एक जना मन्त्रीले खबरहबलाई बताए ।

‘विप्लव समूहको पछिल्लो गतिविधि हिंसात्मक भएको र शान्तिसुरक्षा अमन चयनमा समेत असर पर्ने खालका भएका कारण मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वमा रहेको नेकपा भन्ने समूहमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ’ उनले भने ।

यो पनि पढ्नुहोस्


भर्खर