‘भद्रगोल’ को पाँडे चरित्रमा पाण्डे समाजको आपत्ति | Khabarhub Khabarhub

‘भद्रगोल’ को पाँडे चरित्रमा पाण्डे समाजको आपत्ति


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘भद्रगोल’ मा पाँडे चरित्रले पाण्डेहरुको मनमा चोट पुर्‍याएको भन्दै नेपाल पाण्डे समाजले मिडिया हब प्रालिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजले पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुर्‍याएको महसूस गरिएको भन्दै पत्र लेखेको हो ।

‘मुलुकको एकीकरणदेखि हालसम्म मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्च स्तरको योगदानलाई चटक्कै भुलेर हास्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो,’ महासचिव सागर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस समाजले समाजले समाजलमा असर पुर्‍याउने कथा र प्रदर्शनलाई नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

‘भद्रगोल’ मा पाण्डेको भूमिका अर्जुन घिमिरेले निभाउने गरेका छन् । घिमिरे सिरियलका निर्देशक पनि हुन् । उनले अर्का हास्यकलाकार कुमार कट्टेलसँग मिलेर सिरियलको निर्देशन गरिरहेका छन् ।

नेपालीमाझ लोकप्रिय यो श्रृङ्खलाले केही हप्ताअघि मात्र २०० औँ भाग पूरा गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : ५१ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत