ललितपुरका ढुंगेधाराबाट पानी झार्न उपभोक्ता समिति गठन | Khabarhub Khabarhub

ललितपुरका ढुंगेधाराबाट पानी झार्न उपभोक्ता समिति गठन


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी ल्याउने योजना अघि बढाउन उपभोक्ता समिति गठन गरेको छ । महानगरले वडा नं ६ का डा. हरिशरण चखुँको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा इन्जिनियर सिर्जना महर्जन , कोषाध्यक्ष माया महर्जन , सचिव पुरुषोत्तम मानन्धर लगायत रहेका छन् ।

महानगरले ढुंगेधाराको संरक्षणका लागि यो योजना अघि बढाएको हो । ललितपुर महानगरको वडा नं ६ र १७ मा रहेका ३ वटा ढुंगेधारामा पानी झार्न लागिएको हो । वडा नं ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी हालको योजनामा परेका धाराहरु हुन् । यो महानगरको गौरवशाली योजना भएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनकाअनुसार महानगरले ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यो योजना अघि बढाएको हो । प्रमुख महर्जनले भने, ‘सहरको ब्युटीफिकेसन अन्तर्गत मृततुल्य यी ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’ ढुंगेधारामा पानी झार्न सकिए पर्यटक सजिलै आकर्षित हुने बताए ।

महानगरमा भएका ढुंगेधाराको अवस्थाका बारेमा अध्ययन प्रतिवेदन ढुंगेधारा संरक्षण अभियन्ता प्रयागलाल जोशीले प्रस्तुत गरेका थिए । उनले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताए । उनले भने,‘मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ ।’

यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ । नाय्ख्य ललितपुर महानगरको वडा नं १५ मा पर्छ । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताए । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन । हाल तीन वटामा मात्रै पानी झार्न महानगरले काम थालेको हो ।

महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको बताए । ‘यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ’ उनले भने, ‘त्यो भनेको राजकुलोलाई पुनर्जिवित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ ।’

महानगरका सम्पदा शाखाका वरिष्ठ इन्जिनियर रुद्र अधिकारीले उपभोक्ता समितिसँग छिट्टै सम्झौता गरेर काम थाल्ने बताए । उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई भूमिका महत्वपूण हुने बताए । यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्ने उनको भनाइ छ ।

अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १ : ४७ बजे

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको