कांग्रेस केन्द्रीय समिति बैठक आज, उपनिर्वाचनको समीक्षा हुने | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, उपनिर्वाचनको समीक्षा हुने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

त्यस्तै बैठकमा केन्द्रीय सदस्य एनपी साउनको संयोजकत्वमा गठिन भ्रातृ एवम् शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विकास सुझाव समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने त्यस विषयमा छलफल गरिने विश्वकर्माले बताए ।

त्यस्तै भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसैगरी संघीय संरचना अनुसार पार्टीको विधान बनाईसकेपछि त्यसको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा काम गर्न निर्वाचन समितिलाई दिएको जिम्मेवारी पूरा भएको छैन । कात्र्तिक भित्रमा सक्ने भन्ने थियो । यस विषयमा पनि समितिको संयोजकका हिसाबले राधेश्याम अधिकारीलाई सोध्ने एजेन्डा छ ।

त्यस्तै बैठकमा सरकारको काम र पछिल्लो राजनीतिक विषयवस्तुमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ८ : ४३ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको