नेपालको सिंचाई क्षेत्रमा जापानले सहयोग गर्ने | Khabarhub Khabarhub

नेपालको सिंचाई क्षेत्रमा जापानले सहयोग गर्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ ।

जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधीमण्डलले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसंग भेटवार्ता गर्दै सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो ।

भेटमा तराई मधेषमा संचालन भएका सिंचाई आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।
जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधीमण्डलले सोमबार मन्त्री पुनसंग सिंहदरबारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गर्दै उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको हो ।

जापानी राजदूत मसामिची साईगो समेत सहभागी बैठकमा सिंचाई र जलविद्यूत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले भेटमा कृषी,जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको धारणा राखे ।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठूला आयोजना अघि बढाइरहेको, तराई मधेसमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागी काम भइरहेको जानकारी दिए ।

जापानले कन्काई सिंचाई आयोजनामा पुर्याएको सहयोगप्रती पनि धन्यवाद दिंदै सिंचाईको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए ।
उनले जापान सरकारको सहयोगमा उर्जामन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागी २० करोड बजेट समेत बिनियोजन गरेको जानकारी दिंदै उक्त संस्थासंग सहकार्य गर्न पनि आग्रह उपनिर्देशक टाहामीसंग आग्रह गरे ।

त्यसैगरी सिंचाई क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

भेटमा सिक्टा सिंचाई परियोजनामा देखिएको घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागी समेत छलफल भएको थियो । मन्त्री पुनले जापानसंग समाधानको लागी कुनै उपाय भए सहयोग गर्न भेटमा आग्रह गरेका थिए ।

भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ५३ बजे

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक

वेस्ट इन्डिज ‘ए’सँग पाँच खेलको टी-२० शृंखला शनिबारदेखि, ४ खेलाडी थपिए

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला