बर्दिया र सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

बर्दिया र सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि चर्को विरोध प्रदर्शन जारी राखेका छन् ।

भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक लगायतका ठाउँ समेट्दै नेपाली भूमि मिचेको भन्दै विरोध भइरहेका बेला युवाहरुले अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको विरोधमा आन्दोलन चर्काएका हुन ।

सोमबार युवाहरुले सप्तरीको राजविराज, बर्दियाको गुलरियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा चीनविरुद्ध प्रदर्शन गरे । उनीहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ५५ बजे

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा