मोदी मन्त्रिमण्डलबाट शिव सेनाका मन्त्री सावन्तले दिए राजीनामा | Khabarhub Khabarhub

मोदी मन्त्रिमण्डलबाट शिव सेनाका मन्त्री सावन्तले दिए राजीनामा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत सरकारका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदीको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् ।

उनी शिव सेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योग मन्त्री थिए । मन्त्री सावन्तले ट्वीट गरेर राजीनामाको घोषणा गरेका हुन् ।

अरविन्द सावन्तले ट्वीटमा भनेका छन्,‘शिव सेना सत्यको साथमा छ । यो अवस्थामा दिल्लीमा सरकारमा बसिरहनुको अर्थ के हो ? यसकारण कन्द्रीय मन्त्री पदबाट राजीनामा दिँदैछु ।’

अरबिन्द सावन्तको राजीनामा पछि शिव सेना नेता सञ्जय राउनले भने,‘भारतीय जनता पार्टीले आइतवार राज्यपालसँग भने कि शिव सेना उनका साथ जानका लागि तयार छैन त्यसकारण विपक्षमा बस्नेछ । यो बिजेपीको अंकार हो । उ सरकार बनाउनका लागि तयार छैन किनकी मुख्यमन्त्री पद साढे दुई वर्ष दिनका लागि तयार छैन । बीजेपीले महाराष्ट्रको जनताको अपमान गरेको छ । ’

बीजेपीले शिव सेनासँग मिलेर सरकार बनाउन तयार नरहे आफूहरु एनडीएमा कसरी रहनु भन्दै उनले प्रश्न गरेका छन् ।

अरविन्द सावन्तलाई उद्धव ठाकरेले मन्त्रिमण्डलबाट राजीनामा दिन लगाएको बीबीसीले उल्लेख गरेको छ ।

यस राजीनामाका साथ यो अपेक्षा गरिएको छ कि शिवसेना महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउन गइरहेको छ। कांग्रेसले शिवसेना एनडीए गठबन्धनबाट बाहिरिए पछिमात्रै कांग्रेसले सहयोग गर्ने बताएपछि उनले राजीनामा दिएको बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : २५ बजे

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी