क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ | Khabarhub Khabarhub

क्यान नेतृत्वलाई पारसको सन्देश– मिलेर अगाडि बढ्नुपर्छ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबार सिंगापुर र ओमानमा सम्पन्न टी–२० शृङ्खला खेलेर फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै कप्तान खड्काले नेपाली क्रिकेटको विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

नेपाली क्रिकेट टोली सिंगापरमा हुँदा असोज १० र ११ गते सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को विषेश साधारण सभाबाट अध्यक्षमा चतुर बहादुर चन्दको टिम निर्वाचित भएको थियो । कप्तान खड्काले नयाँ आएको नेतृत्वसामू चुनौति रहे पनि मिलेर अगाडि बढे सहज हुने बताए ।

‘नेपाली क्रिकेटको विकास गर्नु पर्छ भन्ने सोचले उहाँहरु आउनु भएको छ । अहिले स्रोत साधनहरु छ । स्रोत साधनको कमी छैन्,’ कप्तान खड्काले भने, ‘राम्रो सोच बनाएर आउने हो भने मलाई लाग्छ धेरै कुरा गर्न सकिन्छ ।’

कप्तान खड्काले क्यान नेतृत्वसामू चुनौति रहेको समेत बताएका छन् ।

‘चुनौति सबैलाई छ । ‘अन फिल्ड’ जति चुनौति छ ‘अफ फिल्ड’ पनि त्यति नै । तर, सबैजना मिलेर राम्रो सोच लिएर अगाडि बढ्ने हो र क्रिकेटलाई पहिलो प्राथमिकता बनाउने हो भने राम्रो गिर्न सकिन्छ । त्यसका लागि सबै जना एक ढिक्का हुनु पर्छ,’ पारसले भने ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ४ : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम