चिनियाँ राष्ट्रपति आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत जाँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि सी आज दिउँसो भारतमा अवतरण हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

त्यसका लागि मोदी विहान ११ बजे नै चेन्नाइ पुगेका छन् । सी दिउँसो २ बजे चेन्नाइ अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँबाट दुबै नेता बेलुका साढे पाँच बजे ममल्लापुर जाने कार्यक्रम रहेको छ ।

मोदी–सी शिखर बैठक अनौपचारिक हो । उक्त बैठकमा कुनै सम्झौतामा हस्ताक्षर नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदीसँगको शिखर बैठक समापन गरेर सी भोलि(शनिवार) नेपाल आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : २२ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार