काठमाडौंका मिठाई पसलमा सरकारी अनुगमन, मिठाईको गुणस्तर जाँच | Khabarhub Khabarhub

काठमाडौंका मिठाई पसलमा सरकारी अनुगमन, मिठाईको गुणस्तर जाँच


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडबाड नजिकिँदै जाँदा सरकारले बजार अनुमगनलाई पनि तीव्रता दिएको छ । कृषि विकास मन्त्रालयको अग्रसरतामा बुधबार काठमाडौंका विभिन्न मिठाई पसलहरुमा अनुगमन गरिएको हो ।

दशँै, तिहारजस्ता चाँडपर्वलाई लक्षित गरेर कृषि राज्यमन्त्री रामकुमारी चौधरी नेतृत्वको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाब र सजन गोथ मिठाई पसलको अनुगमन गर्‍यो ।

गुणस्तरीय खाद्य वस्तुको उत्पादन र बिक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन बजार अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौधरीले जानकारी दिइन् ।

उनले अनुगमनको क्रममा तीन वटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको जानकारी दिइन् । सरकारले सबै खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता वैद्यले खाद्य वस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताइन् । उनले अनुगमनका क्रममा सरसफाइमा धेरै कमजोरी भेटिएको पनि बताइन् । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको विभागले जनाएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य वस्तुको बिक्री वितरण गर्न व्यापारीहरुलाई निर्देशन दिएको छ । विभागकी महानिर्देशक वैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य वस्तुको बिक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिइन् । सरकारले खाद्य वस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक नौ वटा टोली परिचालन गर्दै आएको बताएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड