दक्षिण भारतमा बाढीका कारण १४४ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण भारतमा बाढीका कारण १४४ जनाको मृत्यु


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दक्षिण भारतमा बाढीका कारण १ सय ४४ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले दक्षिण भारतमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ४४ पुगेको जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमध्ये ६७ जना दक्षिणी राज्य केरलाका मात्र छन् । त्यसबाहेक अरु दर्जनौं मानिसहरु हराइरहेको र २ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

बाढीले सडक, बिजुली र सञ्चारका पूर्वाधारमा नराम्ररी क्षति पुगेको बताइएको छ । बाढीका कारण विद्यालय, बजार र कलकारखाना बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । यस्तै दर्जनौं रेल सेवा र हवाई उडान रद्द गरिएको छ ।

भारी वर्षा जारी रहेको र भौतिक संरचनामा क्षति पुगेकाले उद्धार तथा खोजीकार्य समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ५९ बजे

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा