सेन्ट्रल जोनका लागि रानाको कप्तानीमा १४ सदस्यीय भलिबल टोलीको घोषणा | Khabarhub Khabarhub

सेन्ट्रल जोनका लागि रानाको कप्तानीमा १४ सदस्यीय भलिबल टोलीको घोषणा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । आइतबार नेपाल भलिबल संघले १४ सदस्यिय राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरेको हो ।

घोषित राष्ट्रिय टोलीको कप्तानी नियमित कप्तान इमबहादुर रानाले गर्नेछन् भने उपकप्तान कुल बहादुर थापा रहेका छन् । यस्तै टोलीमा दिपकराज जोशी, धनबहादुर भट्ट, विशाल विक, राजेन्द्र विष्ट, कराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गा बहादुर खड्का, नरेन्द्र गिरी र ईश्वर थापा मगर छन् ।

यस्तै, राजकुमार निरौला, हरिहजुर थापा, विनोद बहादुर चन्द रहेका छन् । प्रतियोगिता आगामी भदौ २ देखि ७ गतेसम्म काठमाडौंको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्ड हलमा आयोजना हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ५२ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४