बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर | Khabarhub Khabarhub

बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।

आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ । लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेहरुमा भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन् । घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : ३७ बजे

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट 

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग