मन्त्री बाँस्कोटाको प्रश्नः कांग्रेसले किन विप्लव समूहलाई काखी च्याप्यो ? | Khabarhub Khabarhub

मन्त्री बाँस्कोटाको प्रश्नः कांग्रेसले किन विप्लव समूहलाई काखी च्याप्यो ?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन् । संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे ।

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली काँग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए ।

मन्त्री बाँस्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानविनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानविन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : ०० बजे

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन

अमेरिकी व्यवसायीले अर्थमन्त्रीसँग भने- धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्

काठमाडौं– अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

‘धेरै अमेरिकी कम्पनीले ठूलो लगानी नेपालमा ल्याउन चाहेका छन्’

काठमाडौं- अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक