छविराज र शिल्पाको लफडा मिल्यो, अब आरोप नलगाउने « Khabarhub

छविराज र शिल्पाको लफडा मिल्यो, अब आरोप नलगाउने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – फिल्म निर्माता छविराज ओझा र नायिका तथा मोडल शिल्पा पोखरेलले अब एकले अर्कालाई आरोप नलगाउने सहमति गर्दै विवाद साम्य पारेका छन् । दुवैले अब एकले अर्कालाई पारिवारिक र व्यक्तिगत विषयमा आक्षेप नलगाउने सहमति गरेका हुन् ।

बिहीवार (आज) महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छविराज र शिल्पाले प्रहरीसामु यस्तो सहमति गरेका हुन् । शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले दुवैलाई छलफलका लागि बोलाएको थियो ।

निर्माताले ओझाले शान्ति सुरक्षामा कुनै आँच नआउने प्रतिबद्धता समेत गरे । दुईलाई बिहान १० बजे छलफलका लागि बोलाइएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

यता छविराज ओझाले आफूले कुनै हिंसा नगरेको बताएका छन् । विवादपछि शिल्पा गत असार ८ गते घर छोडेर हिँडेकी थिइन् । त्यसको केही दिनपछि उनले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् ।

यी दुईले वि.सं. २०७३ सालमा बिहे गरे पनि आफ्नो विवाहलाई सेक्रेट राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब