छविराज र शिल्पाको लफडा मिल्यो, अब आरोप नलगाउने « Khabarhub

छविराज र शिल्पाको लफडा मिल्यो, अब आरोप नलगाउने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – फिल्म निर्माता छविराज ओझा र नायिका तथा मोडल शिल्पा पोखरेलले अब एकले अर्कालाई आरोप नलगाउने सहमति गर्दै विवाद साम्य पारेका छन् । दुवैले अब एकले अर्कालाई पारिवारिक र व्यक्तिगत विषयमा आक्षेप नलगाउने सहमति गरेका हुन् ।

बिहीवार (आज) महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छविराज र शिल्पाले प्रहरीसामु यस्तो सहमति गरेका हुन् । शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले दुवैलाई छलफलका लागि बोलाएको थियो ।

निर्माताले ओझाले शान्ति सुरक्षामा कुनै आँच नआउने प्रतिबद्धता समेत गरे । दुईलाई बिहान १० बजे छलफलका लागि बोलाइएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

यता छविराज ओझाले आफूले कुनै हिंसा नगरेको बताएका छन् । विवादपछि शिल्पा गत असार ८ गते घर छोडेर हिँडेकी थिइन् । त्यसको केही दिनपछि उनले प्रहरीमा घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी थिइन् ।

यी दुईले वि.सं. २०७३ सालमा बिहे गरे पनि आफ्नो विवाहलाई सेक्रेट राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : १८ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य