स्पेनी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्नसक्ने | Khabarhub Khabarhub

स्पेनी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्नसक्ने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले आगामी अप्रिल १४ का लागि आम निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन् । अज्ञात सरकारी श्रोतलाई उद्धृत गर्दै स्पेनको सरकारी समाचार संस्था इएफइले जनाएअनुसार प्रधानमन्त्री सान्चेजले अप्रिलमा राष्ट्रिय चुनावको घोषणा गर्ने विचार गरिरहेका छन् ।

यस वर्षको बजेट विधेयकका विषयमा संसद्मा मतदान हुन लागेका बेला सान्चेजले चुनावको घोषणा गर्न लागेका हुन् । यस मतदानमा समाजवादी पार्टीको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गरेको विधेयक असफल हुने अनुमान गरिएको छ ।

सन् २०२० सम्म म्याद रहेको सरकारले पछिल्लो समय अलोकप्रिय बन्दै गएको बताइन्छ । संसद्मा समाजवादी पार्टीको केबल एक चौथाई सिट मात्रै रहेकाले सरकार स–साना पार्टीको सहयोगमा स्थापित छ ।

त्यसबाहेक सन् २०१७ मा क्याटालोनियामा स्वतन्त्रताका लागि भएको जनमत सङ्ग्रहको विषयमा मंगलबार १२ जना क्याटालन नेताविरुद्धको सुनुवाई हुँदैछ । यद्यपि सरकारमा सहभागी साना दलहरु पनि सरकारले प्रस्तुत गरेको बजेट विधेयकको विपक्षमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला सर्वेक्षणमा स्पेनमा दक्षिणपन्थी पार्टीहरुले संसद्मा बहुमत ल्याई सरकार बनाउनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम