नेविसंघ भंग गर्ने कांग्रेसको तयारी | Khabarhub Khabarhub

नेविसंघ भंग गर्ने कांग्रेसको तयारी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी संघको केन्द्रीय समिति भंग गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ। यसका लागि सोमबार केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ।

संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह नेविसंघ भंग गर्न सहमत भइसकेको बताइएको छ। भंग गरी नयाँ तदर्थ समित बनाउन लागिएको कांग्रेस स्रोतले जानकारी दिएको छ।

कृष्णप्रसाद सिटौला समूहले भने फरक मत राखेको छ। उसले यही समितिले महाधिवेश गर्नुपर्नेमा जोड दिएको छ।

यसअघि पाँच महिनाभन्दा बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि पार्टीका दुई समूह नेविसंघ भङ्ग गर्ने अवस्थामा पुगेका हुन्।

माघ १० गतेदेखि जारी बैठक सरकार विरोधी मुद्दामा केन्द्रित भएपछि कार्यकाल सकिएको संघका बारेमा छलफल हुन सकेको थिएन।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ३३ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार