अर्थमन्त्रीको दावी– नेपालमा दक्षिण एसियाकै सुदृढ बैंकिङ प्रणाली | Khabarhub Khabarhub

अर्थमन्त्रीको दावी– नेपालमा दक्षिण एसियाकै सुदृढ बैंकिङ प्रणाली


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा दक्षिण एशीयाकै सबैभन्दा सुदृढ बैंकिङ प्रणाली रहेको दाबी गरेका छन् ।

बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपाली बैंकहरुलाई ऋण दिन शुरु गरेको पनि बताएका छन् ।

पूँजी र निक्षेपको अनुपात मात्रै हेर्दा पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको खतिवडाले दाबी गरे ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्र्ने सम्भावना बढेको पनि बताए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए ।

निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्ब पु¥याउने पनि घोषणा गरे ।

कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने योजना रहेको अर्थमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको ९ महिनामा २ अर्ब मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
सबै प्रदेशमा कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि कार्यकारी अधिकृत मिले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ३२ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ नेम्वाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक