उद्घाटन भएपछि बन्द भएको तातोपानी नाका अझै चलेन | Khabarhub Khabarhub

उद्घाटन भएपछि बन्द भएको तातोपानी नाका अझै चलेन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भूकम्पले त्यति पुर्‍याएपछि तामझामका साथ जेठ १५ गते संचालनमा ल्याईएको तातोपानी नाका फेरि बन्द भएको छ ।

२०७२ मा भूकम्पले मितेरी पुल ध्वस्त बनाएपछि बन्द भएको उक्त नाका, दुई–देशीय अधिकारीहरुको उपस्थितीमा जेठ १५ गते पुनःसञ्चालनमा ल्याइएको थियो। नाका सुचारुगर्दा अतिशबाजीका साथ रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका अझै सञ्चालनमा आउन सकेको छैन् ।

तातोपानी भन्सार कार्यलयको तथ्याङ्क अनुसार जेठ १५ यता कुनैपनि मालबाहक वस्तु आवतजावत भएको छैन् । भौतिक संरचनाको आभावले नाका संचालनमा आउन नसकेको भन्सारका अधिकारी बताउछन् । तातोपानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत भन्छन् ‘अहिले बन्दरगाहाको समस्या छ, चीनले नेपालमा बन्दरगाहा निर्माण गरिसकेको छ तर हस्तानतरण भने गर्न बाँकी छ’ ।

तातोपानीदेखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरिसकेता पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण बन्दरगाहा हस्तान्तरण हुन पाएको छैन् । उक्त बन्दरगाहा नेपाललाई हस्तानतरण हुने वितिकै द्रुत गतिमा नाका संचालनमा आउने बस्नेतको भनाई छ ।

हाल तातोपानि भन्सारको लागी १५ जना कार्मचारी खटाईएको छ । नाका संचालनमा आउन नसकेपछि कार्मचारीहरु बेकामे भएर थन्किएका छन् । स्थानीयहरुको अनुसार सर्वसाधरणलाई समेत उक्त नाकाबाट पहिले जस्तै सजिलै चीन प्रवेश गर्न दिईएको छैन ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ४६ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु