प्राकृतिक श्रोत र साधनबाट समृद्धि हासिल गरेको क्यानडाबाट नेपालले के सिक्ने ? | Khabarhub Khabarhub

प्राकृतिक श्रोत र साधनबाट समृद्धि हासिल गरेको क्यानडाबाट नेपालले के सिक्ने ?



काठमाडौं– क्षेत्रफलका हिसाबमा रुसपछि विश्वको दोश्रो सबैभन्दा विशाल मुलुक क्यानाडा आर्थिक रुपमा पनि उत्तिकै समृद्ध छ । विश्वका विभिन्न संघसंस्थाले विभिन्न मुलुकका सामाजिक क्षेत्र समेटेर जारी गर्ने प्रतिवेदनमा क्यानाडाको नाम अग्रस्थानमा आउने गरेको छ ।

आर्थिक क्षेत्रमा मात्र होइन क्यानाडाका नागरिकहरुको जीवनस्तर पनि निकै नै माथि छ । क्यानाडा आफैंमा समृद्ध मुलुक त हो नै, विश्वका अन्य विकासशील मुलुकहरुका लागि उदाहरण समेत हो ।

मिश्रित अर्थतन्त्र रहेको क्यानाडाले एकातर्फ खुला बजारलाई पनि प्रश्रय दिँदै आएको छ भने अर्को तर्फ समाजका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक कल्याणकारी व्यवस्था अपनाएको छ । उपभोग्य वस्तुको उत्पादन, मूल्य निर्धारण तथा कारोबारलाई खुला बजारलाई छाडिदिएको छ भने स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका क्षेत्रको जिम्मा सरकारले लिएको छ । सोही कारण क्यानाडाका नागरिकको जीवनस्तर निकै माथि छ ।

त्यस्तै, सरकारले मुलुकको विकास गर्दा भविष्यमुखी अवधारणलाई अघि बढाउने गरेको छ । यसबाट त्यहाँको आर्थिक तथा सामाजिक विकास दिगो हुनगई पर्यावरणलाई पनि निकै नै कम क्षति पुग्ने गरेको छ । क्यानाडाको प्राकृतिक श्रोत, अन्य उत्पादन तथा सेवामूलक क्षेत्रको विकास विश्वमै उदाहरणीय मानिन्छ । कुनै एक क्षेत्रमा मात्र सिमित नरहेको क्यानाडाको अर्थतन्त्र आफैंमा बहुआयामिक छ । क्यानाडाको अर्थतन्त्रमा हरेक क्षेत्रले उत्तिकै योगदान दिँदै आएका छन् ।

सरकारले त्यहाँका मानिसहरुलाई नयाँ उद्योग स्थापना गर्न समेत हौसला दिने गरेको छ भने विदेशी लगानीलाई पनि उत्तिकै आकर्षित गर्ने गरेको छ । विदेशी लगानी र स्थानीय लगानीबाट नयाँ उद्योगको विकास हुनगई प्रतिस्पर्धा तथा निर्यातमा योगदान पुग्दै आएको छ भने यसबाट लाखौं मानिसहरुले रोजगारी पाएका छन् ।

क्यानाडा कृषि उपजको पनि प्रमुख निर्यातकर्ता मुलुक हो । कृषिजन्य पदार्थको निर्यातमा क्यानाडा पाचौं नम्बरमा आउँछ । क्यानाडाले स्याउ, मासु, दुग्ध पदार्थ लगायतका कृषिजन्य वस्तुको निर्यात गर्दै आएको छ । क्यानाडाको कृषि क्षेत्रले २३ लाख भन्दा धेरैलाई रोजगारी प्रदान गर्दै आएको छ

जनसङ्ख्या

करिब १ करोड वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको क्यानाडाको क्षेत्रफल निकै विशाल भएपनि त्यहाँको जनसङ्ख्या भने निकै सानो छ । केबल ३ करोड ७० लाखको आसपास रहेको क्यानाडाको जनसङ्ख्या मुख्य शहरतर्फ मात्र केन्द्रित छ । ओटावा, मन्ट्रियल टोरण्टो, भ्यानाकुवर जस्ता शहर अन्तर्राष्ट्रिय ‘कस्मोपोलिटन सिटीका’ रुपमा विकसित हुँदै गइरहेका छन् भने शहरमा पर्याप्त मात्रामा सेवा सुविधा तथा अवसर पनि तीनै शहरतर्फ केन्द्रित छन् । शहरीया जनशक्तिले पाउने शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरले मानिसहरुको जीवनस्तरलाई पनि माथि उठाउँदै लगेको छ ।

तीब्र गतिमा आर्थिक विकासमा अघि बढिरहेको क्यानाडाको अर्थतन्त्रमा हरेक वर्ष नयाँ जनशक्तिको आवश्यक पर्ने गर्छ । यद्यपि निकै नै थोरै जनसङ्ख्या रहेकाले क्यानाडाले हरेक वर्ष लाखौंको सङ्ख्यामा आप्रवासीलाई पनि आफ्नो मुलुक भित्र्याउने गरेको छ । यसबाट क्यानाडा एक बहुसाँस्कृतिक मुलुकको रुपमा स्थापित हुँदै गइरहेको छ ।

क्यानाडाको आम्दानी ?

क्यानाडा प्राकृतिक श्रोत र साधनमा पनि सम्पन्न छ । क्यानाडामा पेट्रोलियम पदार्थको विश्वको तेश्रो विशाल भण्डार छ । यसलाई क्यानाडाले १७१ अर्ब ब्यारेलभन्दा धेरैको तेल भण्डार रहेको बताइन्छ । यसअनुसार विश्वको तेल भण्डारको १० प्रतिशत क्यानाडामै पर्छ । क्यानाडाको अधिकांश तेल क्षेत्र अल्बेर्टा राज्यमा पर्छ । त्यसबाहेक क्यानाडामा ८६० देखि १७६८ ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यासको भण्डार पनि रहेको अनुमान छ । यत्रो विशाल तेल र ग्यासको भण्डार रहेको क्यानाडा तेल र ग्यासको चौथो ठूला निर्यातकर्ता मुलुक पनि हो । तेल र ग्यासले क्यानाडाको कुल निर्यातको एक चौथाई हिस्सा ओगट्ने गरेका छन् । यही कारणले क्यानाडालाई एनर्जी सुपरपावरको संज्ञा समेत दिने गरिन्छ । पेट्रोलियम क्षेत्रले लाखौं क्यानाडेली नागरिकलाई रोजगारी दिएको छ । त्यसबाहेक पेट्रोलियम क्षेत्र क्यानाडाको आय तथा कुल ग्राहस्थ उत्पादनमा पनि ठूलो योगदान दिँदै आएको छ ।

प्राकृतिक श्रोतकै कुरा गर्दा क्यानाडामा विशाल कोणधारी बोरियल जंगल रहेको छ । विश्वको करिब एक तिहाई ध्रुवीय जंगल क्यानाडामै पर्छ । क्यानाडाका प्रायः सबै जंगल केन्द्र तथा प्रान्तीय सरकारको मातहतमा छन् । सरकारले जंगलबाट उत्पादन हुने वन पैदावारको व्यवस्थापन तथा दीगो उत्पादन र प्रयोगलाई जोड दिँदै आएको छ ।

क्यानाडा कृषि उपजको पनि प्रमुख निर्यातकर्ता मुलुक हो । कृषिजन्य पदार्थको निर्यातमा क्यानाडा पाचौं नम्बरमा आउँछ । क्यानाडाले स्याउ, मासु, दुग्ध पदार्थ लगायतका कृषिजन्य वस्तुको निर्यात गर्दै आएको छ । क्यानाडाको कृषि क्षेत्रले २३ लाख भन्दा धेरैलाई रोजगारी प्रदान गर्दै आएको छ ।

क्यानाडाले अमेरिका, युरोप तथा अन्य प्रभावशाली अर्थतन्त्रसँग पनि विशेष आर्थिक सम्बन्ध कायम गरेको छ । यसले क्यानाडाको उत्पादनलाई ती मुलुकमा सहज पहुँच मिल्दै आएको छ । क्यानाडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक अमेरिकाले क्यानाडालाई विशेष प्राथमिकता दिएको छ भने अमेरिकी बजारमा पनि क्यानाडाका उत्पादनले राम्रै स्थान पाउने गरेका छन् ।

नेपाल पनि क्यानडा जस्तै प्राकृतिक श्रोत र साधनले भरिपूर्ण छ । हुन त नेपालसँग तेल नहुन सक्छ । तर वन जंगल हिमाल, यूरेनियम रहेका छन्

क्यानाडाको अर्थतन्त्र केबल प्राकृतिक तथा कृषिजन्य क्षेत्रमा मात्र सिमित छैन अमेरिकी अर्थतन्त्रको मुख्य हिस्सा भने त्यहाँका वित्तीय क्षेत्रले ओगटेको छ । सम्पत्तिको कारोबार, घरजग्गा व्यवसाय तथा बैंकिङ, बीमा लगायतका क्षेत्रले पनि क्यानाडामा राम्रो रोजगारी सिर्जना गर्ने गरेका छन् । त्यसबाहेक क्यानाडाको उत्पादनमुलक क्षेत्रमा पनि ठूलो लगानी रहेको छ । खासगरी अटोमोबाइल र हवाईजहाजको निर्माण र विक्रीबाट पनि विशाली आम्दानी गर्दै आएको छ भने राम्रो रोजगारी पनि प्रदान गर्दै आएको छ ।

भौगोलिक अवस्थिती

क्यानाडा समृद्ध हुनुको अर्को पाटो भने क्यानाडाको भौगोलिक अवस्थिती पनि हो । उत्तर अमेरिकी महादेशमा रहेको क्यानाडा विश्वमा सबैभन्दा लामो तटीय क्षेत्र रहेको मुलुक हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको मुलुक अमेरिकासँग सीमा जोडिएको क्यानाडा आन्ध्र महासागर र प्रशान्त महासागरको बीचमा छ । यसले क्यानाडालाई युरोपेली मुलुकहरु तथा आर्थिक रुपमा तीब्र गतिमा प्रगति गरिरहेका पूर्वी एशियाली मुलुकहरु र अस्ट्रेलियातर्फ वस्तुको निर्यात तथा आयात गर्न पनि सहज हुने गरेको छ । यसैकारण क्यानाडामा निर्यातमुखी अर्थतन्त्र पनि तीब्र गतिमा अघि बढिरहेको छ ।

नेपालले के सिक्ने ?

नेपाल पनि क्यानडा जस्तै प्राकृतिक श्रोत र साधनले भरिपूर्ण छ । हुन त नेपालसँग तेल नहुन सक्छ । तर वन जंगल हिमाल, यूरेनियम रहेका छन् । अन्य खनिज पनि नेपाली भुगर्भमा हुन सक्छ तर त्यसको सम्भाव्यता अध्ययन र सम्भावना रहेका क्षेत्रको उत्खननमा सरकार उदासीन देखिएको छ । यदी त्यस्ता क्षेत्रमा सरकारले ध्यान दिन र वन पैदावार, हिमालय, जल, नदिनालाको समूचित प्रयोग गर्न सकियो भने क्यानडाले जस्तै तिव्र आर्थिक विकास गर्न सकिने सम्भावनालाई नकार्न सकिँदैन । त्यसतर्फ सरकार र राजनीतिक पार्टीहरुको बेलैमा ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ४ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय