शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण | Khabarhub Khabarhub

शरीर दान गर्ने आचार्यको शव हस्तान्तरण


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आज हस्तान्तरण गरिएको छ ।

भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उहाँको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको आज बिहान ४.३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिए ।

आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गर्नुभएको थियो । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन । उनी वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध थिए ।

आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : २७ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४