नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो | Khabarhub Khabarhub

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो



काठमाडौं– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित कठोर नाकाबन्दी छल्न नेपाल बसेर ह्याकिङ लगायत अवैध गतिविधिमा उत्तर कोरियाली दूतावासकै संलग्नता रहेको आशंकामा विदेशी कम्पनीहरुले उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक लगाएका छन् ।

महत्वपूर्ण कम्पनीहरुले उत्तर कोरियाली दूतावासलाई सवारी साधन बिक्री गर्न रोकेपछि उत्तर कोरियाली दूतावासले राजदूत चढ्ने गाडी खरिद नै गर्न सकेन । विदेशी कम्पनीहरुले नयाँ निर्णय लिएपछि नेपालस्थित उत्तर कोरियाली राजदूत जो योङ मेनका लागि खरिद गर्न लागिएको जर्मन कम्पनी भक्सवागनको गाडी  अन्तिम समयमा आएर रोकिएको छ।

सन् २००३ मा खरिद गरिएको एस एल ३५० मोडलको मर्सिडिज बेञ्च कार प्रयोग गर्दै आएका राजदूत मेनले उक्त गाडी पुरानो भई धेरै बिग्रन थालेपछि नयाँ खरिद गर्न लागेका थिए । २९ सीडी १ नम्बरको सो गाडीको मर्मतमा समेत समस्या देखिन थालेपछि उनले नयाँ कार खरिद गर्न थालेका थिए । तर, कार कम्पनीहरुले उत्तर कोरियाली दूताबासलाई सवारी बिक्री गर्न नसकिने जानकारी गराएका छन् ।

जर्मन कार कम्पनी भक्सवागनले शुरुमा बिक्री प्रक्रिया थालेपनि नेपालस्थित जर्मन दूताबास र यूरोपेली संघसँगको छलफलपछि अहिले उत्तर कोरियाली दूतावासलाई बिक्री गर्न नसक्ने जनाएको हो । यसअघि उत्तर कोरियाली दूतावासले अन्य कार कम्पनीहरुसँग समेत कारको सूची मागे पनि उनीहरु सबैले कार बिक्री गर्न नसक्ने जवाफ फर्काएपछि विहीबार दिनभर उत्तर कोरियाली कुटनीतिज्ञहरु अन्य तबरबाट समेत राजदूतका लागि सवारी खरिदमा व्यस्त बनेका थिए ।

नेपालस्थित विदेशी कार बिक्री गर्ने जापानी, इटालीयन, फ्रेन्च, दक्षिण कोरियन, अमेरिकन लगायत अमेरिकी साझेदार देशहरुका कार निर्माता कम्पनीहरु तथा उनीहरुसँग साझेदार रहेका कम्पनीहरुले नेपालमा उत्तर कोरियाली दूताबासलाई सवारी बिक्री नगर्ने जवाफ दिएपछि राजदूतका लागि नयाँ गाडी खरिद प्रक्रिया नै रोकिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट पारित बाध्यकारी नाकाबन्दी तोडे कारबाहीमा पर्ने राष्ट्रसंघको सचेतनापछि उनीहरुले नेपालस्थित उत्तर कोरियाली राजदूतका लागि सवारी बिक्री नगरेका हुन् ।

यसअघि खबरहबले नेपालस्थित उत्तर कोरियाली दूतावासकै संरक्षणमा उत्तर कोरियाली ह्याकरहरुले काठमाडौंबाटै अवैध गतिविधि गर्ने गरेको खुलासा गरेको थियो ।

उत्तर कोरियाली दूतावासमा कडाइ

ह्याकिङमा प्रयोग हुने केही सामाग्री टोखाको हार्मोनी हाउजिङ्बाट बखुण्डोलस्थित उत्तर कोरियाली दूतावासमा सारेसँगै उत्तर कोरियाली दूतावासको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि नेपाली सुरक्षाकर्मी र उनीहरुकै सुरक्षा गार्डसमेत नरहेको उत्तर कोरियाली दूतावासमा बुधबारदेखि चेकजाँच गरी मात्र प्रवेश दिने व्यवस्था थालेको छ ।

खबरहबले मंगलबार बेलुकी विशेष रिपोर्ट सार्वजनिक गरेसँगै बुधबार बिहानै उत्तर कोरियाली ह्याकरहरुले केही सामान उत्तर कोरियाली दूताबास बखुण्डोल सारेका हुन् । बुधबारबाट नेपाल प्रहरीको विशेष ब्यूरो र राष्ट्रिय अनुसन्धान विभागका केही कर्मचारीले उत्तर कोरियाली ह्याकर बसेको घरमा निगरानी गरेपनि छापा नमारी सामान लैजान दिनुले उत्तर कोरियाली ह्याकर नेपालमा राख्न सरकारकै उच्च अधिकारीको संलग्नता रहेको आशंका बढेको छ ।

स्रोतका अनुसार उत्तर कोरियाली दूताबासले शुक्रबार आफू निकट व्यक्तिहरुलाई काठमाडौंको दरवारमार्गस्थित याक एण्ड यति होटलको बाहिरिने गेट नजिकै रहेको आफ्नै स्वामित्वको प्योङयाङ आरिराङ रेस्टुरेन्टमा रात्रि भोजको आयोजना गरेको छ ।

उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्म–जयन्ति मनाउने भन्दै उत्तर कोरियाली दूतावासले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट प्रभावशाली नेता र संसदहरुलाई समेत आमन्त्रण गरेको छ ।

नाकाबन्दी कार्यान्वयन बाध्यकारी : राष्ट्रसंघीय अधिकारी

नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा खबरहबसँग कुराकानी गर्दै उत्तर कोरियाली दूतावासलाई सवारी बिक्री नगर्ने केही कम्पनीहरुको निर्णयको पुष्टि गरे ।

उनले विगतदेखि नै ती देशहरु र कम्पनीहरुलाई राष्ट्रसंघबाट पारित प्रस्तावबारे सचेत गराइरहे पनि ढिला गरी नेपालमा समेत कार्यान्वयन भएको पुष्टि गरे ।

उनले भने– ‘सिंगो उत्तर कोरियाली सरकारविरुद्ध नै नाकाबन्दी कार्यान्वयन रहेको अवस्थामा नेपालस्थित उत्तर कोरियाली दूतावासलाई उन्मुक्ति दिन मिल्ने देखिँदैन । यदि उहाँहरुलाई कार चाहिएको भए संयुक्त राष्ट्रसंघीय नाकाबन्दी कार्यान्वयन इकाइबाट स्वीकृती लिनुपर्छ । तर, उत्तर कोरियाली सरकार, नेतृत्व र सबैलाई बिलासी–वस्तु खरिदमै रोक लागेकाले स्वीकृती पाउने सम्भावना न्यून छ ।’

उत्तर कोरियालीसँग कुनैपनि कारोबार गर्ने नेपाल सरकार, संस्था, व्यक्ति वा कसैलाई पनि राष्ट्रसंघीय नाकाबन्दी उल्लंघन गर्ने छुट नभएको र उल्लंघनलाई नेपालस्थित राष्ट्रसंघीय कार्यालयले नजिकबाटै नियालिरहेको बताए ।

उनले नेपाल सरकारलाई उत्तर कोरियालीका अवैध गतिविधि रोक्न सचेत पार्दै पटक–पटक पत्राचार गरिएको जनाउँदै ह्याकरहरु नै बसी गरेको गतिविधिबारे सरकारको धारणा माग गरिने बताए ।  संयुक्त राष्ट्र संघको जिम्मेवार सदस्य तथा विश्व शान्तिमा योगदान पुर्‍याउँदै आएको नेपालले उत्तर कोरियालीका सम्पूर्ण अवैध गतिविधिलाई ढिला नगरी रोक लगाउनेमा राष्ट्रसंघीय कार्यालय प्रतीक्षारत छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ८ : ०४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार