अब विद्यार्थीले यार्सा संकलन गर्न नपाउने | Khabarhub Khabarhub

अब विद्यार्थीले यार्सा संकलन गर्न नपाउने


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बहुमूल्य जडिबुटी यार्सा गुम्बा संकलनमा विद्यार्थीलाई रोक लगाइएको छ ।

विद्यालय तहमा अध्ययन गर्ने कुनै पनि व्यक्तिले यार्सा संकलन गर्न नपाइने गरी रोक लगाइएको हो । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि विद्यार्थीहरुलाई रोक लगाएको हो ।

विद्यार्थीहरु वर्षेनी यार्सा टिप्न लेक जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बुढ्थापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको पनि जानकारी दिए ।

बुढ्थापाका अनुसार विद्यार्थी यार्सा टिप्न जाँदा ३ महिनासम्म विद्यालय बन्द हुन्छन् । लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक अवस्थामा नै असर परेकाले गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : ०७ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला