च्याम्पियन्स लिगमा रोनाल्डोको १२५ गोल | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा रोनाल्डोको १२५ गोल


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-च्याम्पियन्स लिगको अर्को खेलमा इटालीयन महारथि युभेन्टसले डच फुटबल क्लब आयाक्ससँग बराबरी खेलेको छ । आयाक्सको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले आयाक्ससँग १-१ गोल बराबरी खेल्यो ।

विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ४५ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १-० को अवस्थामा पुर्‍याएका थिए ।

यस्तै, युनाइटेडविरुद्ध पहिलो हाफमा पछि परेको घरेलु टोली आयाक्सका लागि डेभिड नरेसले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको शुरुवातदेखि नै खेल १-१ को बराबरीमा रहेपनि युभेन्ट्सका खेलाडीहरुले गोल गर्न नसक्दा बराबरी खेल्नु परेको हो । अब युभेन्ट्स र आयाक्सले अप्रिल १६ मा युभेन्ट्सको घरेलु मैदानमा दोस्रो लेगमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियन्स लिगका सफल खेलाडी रोनाल्डोले आयाक्सविरुद्ध एक गोल गरेसँगै उनको च्याम्पियन्स लिगमा १२५ गोल पुरा भएको छ । रोनाल्डोले म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्स गरी तीनवटै क्लबबाट गरी १२५ गोल गरेका हुन् ।

च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोसँगै अर्का स्टार खेलाडी बार्सिलोनाका कप्तान लियोनल मेस्सी रोनाल्डोभन्दा १७ गोलले पछि छन् । मेस्सीको नाममा च्याम्पियन्स लिगमा १०८ गोल छ ।

कसको नामका कति गोल

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ७ : ४५ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस