टिभिएसको अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा भाग लिने नेपाली मेकानिक्स छानिँदै | Khabarhub Khabarhub

टिभिएसको अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा भाग लिने नेपाली मेकानिक्स छानिँदै


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिभिएसले सञ्चाल गर्ने अन्तर्राष्ट्रि मेकानिक्स सम्मेलनमा नेपालबाट पनि सहभागीता हुने भएको छ ।

अन्तराष्ट्रिय मेकानिकल सम्मेलनमा जगदम्बा मोटर्सबाट मेकानिक्सले सहभागीता गर्ने भएको छ ।

विश्वमा मेकानिक्सलाई कामप्रति आकर्षण गर्ने सम्मेलन आयोजना हुन लागेको जगदम्बा मोटर्स प्रालीका सभिर्स हेड अमरदिप माजुमदरले बताए ।

उक्त सम्मेलन आगामी जनवरीको दोस्रो सातामा भारतको बैग्लुरुमा हुने भएको छ ।

उक्त सम्मेलनका लागि नेपालबाट प्रारम्भिक चरणमा १३ जना मेनकानिक छानिएका छन् । जसमध्येबाट दोस्रो चरणमा ३ जान छानिने माजुमदरले बताए ।

छानिएका १३ जना मेकानिकहरु मध्येबाट तीन जना उत्कृष्ठ मेकानिक्स छनोट गर्ने प्रकृया आज(बुधबार) बाट शुरु भएको छ । उक्त छनोट प्रकृया तीनदिनसम्म चल्ने छ ।

२७ गते प्रारम्भिक छनोटमा परेका १३ मध्ये उत्कृष्ठ ३ जना मेकानिक्सहरु छनोट हुनेछन् । यसरी छानिएका तीन जना मेकानिक्स हरुले अन्तराष्ट्रिय मेकानिक्स सम्मेलनमा सहभागिता जनाउने छन् ।

छनोट भएका मेकानिकहरुलाई १५ दिनसम्म जगदम्बाले प्रशिक्षण र तालिम दिने छ ।

मेकानिकल सम्मेलनमा विश्वभरबाट १ सय ४० देशका जगदम्बा मेकानिकहरुको सहभागिता रहने जगदम्बा मोटर्सका सर्भिस हेड माजुमदरले बताए ।

टिभिएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ०३ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा