विश्वकप छनोट– नेपालले खायो तेस्रो गोल | Khabarhub Khabarhub

विश्वकप छनोट– नेपालले खायो तेस्रो गोल


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ ।

खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म्याकलेरेनले गोल गर्दै नेपाललाई १–० गोलले पछि पारेका थिए । उनले नै खेलको १९ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेका थिए । यससँगै नेपाल शुरुवाती २० मिनेटमा नै २–० गोल अन्तरले पछि परेको थियो । २४ औं मिनेटमा नेपालले पुन अर्को गोल खाएको छ । नेपाल ३-० ले पछि परेको छ ।

नेपाली टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र बिमल घर्ती मगर पहिलो रोजाइमा परेका छैनन् ।

उनीहरुको स्थानमा कालिनले युवा स्टार अभिषेक रिजाललाई अग्रपङ्तीको जिम्मा दिएका छन् ।

मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् भने डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ०९ बजे

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा