अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मा अभिषेकलाई | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मा अभिषेकलाई


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मेवारी अभिषेक रिजालले पाएका छन् ।

यसअघिदेखि नियमित रुपमा अग्रपङ्ती सम्हाल्दै आएका स्टार खेलाडी विमल घर्ती मगरको स्थानमा अस्ट्रेलियाविरुद्धको खेलमा रिजालले अग्रपङ्तीको जिम्मा पाएका हुन् । अस्ट्रेलियाविरुद्धको खेलमा बिमल भने प्लेइङ ११ मा अटाएका छैनन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले जारी गरेको प्लेइङ ११ मा अग्रपङ्तीमा रिजाल रहँदा मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् । डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन् । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : ५९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम