गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार नाघ्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार नाघ्यो


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् ।

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो । उक्त रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको सङ्ख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ । उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ ।

अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै लामखुट्टेको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ ।

डेङ्गु रोगको उपचारमा संलग्न रहनुभएका डा भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेङ्गुको सङ्क्रमण हुने देखिएकाले असोज महिनासम्म यो रोगको प्रभाव रहनसक्ने र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : १७ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको