एनओसी भिसाका नाममा कामदारलाई ठग्दै म्यानपावर | Khabarhub Khabarhub

एनओसी भिसाका नाममा कामदारलाई ठग्दै म्यानपावर


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली अलपत्र पर्ने क्रम बढ्न थालेको छ । विगत केही महिनादेखि नो अब्जेक्सन सटिर्फिकेट (एनओसी) भिसामा कतार पठाउने म्यानपावरमार्फत जाने नेपाली अलपत्र परेका हुन् ।

कतार सरकारले विदेशी नागरिकका हकमा एनओसी भिसामा आएर रोजगारी गर्ने सुविधा सन् २०१८ देखि दिएको थियो । कतार सरकारले दिएको यो सुविधामा नेपालका केही म्यानपावर कम्पनीसँग मिलेर दलालले दुरुपयोग गदै आएका छन् । दक्ष विदेशी कामदारलाई कतार सरकारले एनओसी भिसामा भित्रिएर रोजगारी गर्ने सुविधा दिएको हो ।

एनओसी भिसामा कतार गएका विदेशी कामदारले काम खोजेर गर्न पाउने सुविधा त्यहाँको कानून मन्त्रालयले एक वर्षअघि नै स्वीकृति दिएको थियो । तर, यसको दुरुपयोग गरेर नेपालका म्यानपावर कम्पनीले कामदारसँग ठुलो पैसा लिएर काम बारे थाहा नभएका नेपालीलाई एनओसी भिसामा पठाएर अलपत्र पार्ने गरेका छन् ।

पछिल्लो समय एनओसी भिसामा नेपाली श्रमिक कतार पठाएर केही एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम लिइरहेको उजुरी वैदेशिक रोजगार विभागमा आउने क्रम पनि बढेको छ ।

रामेछापका सन्जय योञ्जन र ज्ञानबहादुर योञ्जन पश्चिम नेपाल म्यानपावरमार्फत एनओसी भिसामा रोजगारीका लागि कतार २ महिनाअघि गएका थिए । वैदेशिक रोजगार विभागमा भेटिएका उनीहरुलाई उक्त म्यानपावरले एनओसी भिसामा कतार पठाएर अलपत्र पारेपछि नेपाल फर्किएको जानकारी दिएका छन् ।

‘एनओसी भिसामा म्यानपावरले कतार पुर्‍याएर एक महिना राख्यो त्यहाँ काम नपाएपछि नेपाल फर्काएको’ सन्जयले भने । ‘म्यानपावरले एनओसी भिसामा कतार गएपछि राम्रो रोजगारी पाइन्छ भनेर नेपालबाट लग्यो । मसँग अन्य १६ जना गएका थिए । उनीहरु कति कतारमै अलपत्र भएर बसेका छन्,’ सन्जयले भने, ‘पश्चिनेपाल म्यानपावरले एनओसी भिसामा पठाउदाँ २ लाख २० हजार लिएको थियो । तर, फर्किए आएपछि पैसा फिर्ता दिन मान्दैन । त्यो म्यानपावरले हामी जस्ता धेरैलाई एनओसी भिसामा कतार पठाएर अलपत्र पार्ने गरेको छ ।’

यस्तै, विभागमा सन्जयसँगै भेटिएका रामेछापकै ज्ञानबहादुर योञ्जनले पनि पश्चिम नेपाल म्यानपावरलाई २ लाख बुझाएर एनओसी भिसामै कतार गएर फर्किएको बताए । एनओसी भिसाका बारेमा आफूलाई केही थाहा नभएको र कतार पुगेपछि मात्र जानकारी पाएको उनले बताए । म्यानपावरले राम्रो कम्पनीमा काम पाइन्छ भनेपनि भनेजस्तो केही नभएपछि आफू फर्कनु परेको र त्यहाँ काम खोज्दा पनि म्यानपावरले भनेजस्तो नपाएको उनले बताए ।

यसैगरी, विभागमा भेटिएका सुमन खत्री स्वीकार आभरेसिर्ज प्रालिमार्फत एनओसी भिसामा १ लाख ९० हजार तिरेर कतार गएका रहेछन् । उनलाई पनि कतारमा भने जस्तो काम नपाएपछि म्यानपावरले नेपाल फकाएको जानकारी दिए ।

खत्री, योञ्जनहरु जस्ता धेरै युवालाई म्यानपावर कम्पनी र दलालले एनओसी भिसामा कतार पठाएर ठग्ने धन्दा चलाइरहेका छन् । एनओसी भिसाका नाममा केही म्यानपावरले धेरै आर्थिक ठगी गरिरहेको उजुरी लिएर पीडित विभागमा आउने गरेको वैदेशिक रोजगार विभागका निर्देशक हरि ज्ञवालीले जानकारी दिए ।

गत वर्ष विभागले एनओसी भिसा कारोबारमा संलग्न ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अगाडि बढाइएको थियो । यसरी भिसा कारोवारमा संलग्न विदेशी नागरिकलाई कतारको कानून मन्त्रालयले २० हजार रियाल जरिवान र १ वर्ष जेल सजाय हुने जनाइएको छ ।

कतार एनओसी भिसाका बारेमा राम्रो बुझेर मात्र जान्न श्रमिकलाई विभागले बराम्बर सचेत गराइरहेको विभागका निर्देशक ज्ञवालीले बताए । एनओसी भिसाका नाममा आर्थिक ठगि गर्ने म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कारवाही र पीडितलाई आर्थिक क्षतिपूर्ति भराउने गरेको उनले जानकारी दिए ।

एनओसी भिसामार्फत म्यानपावरले राम्रा कम्पनीमा रोजगारी लगाइदिने प्रलोभन देखाएर मासिक ५ सयभन्दा धेरै युवा कतार पठाइरहेका छन् । वैदेशिक रोजगार श्रम कार्यलयका अनुसार मासिक ५ सयभन्दा धेरै एनओसी भिसाका लागि म्यानपावर कम्पनीले आवेदन दिने गरेका छन् ।

एनओसी भिसामा कतार गएका धेरै नेपाली अलपत्र पर्ने गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतवासका अनुसार एनओसी भिसामा आएका मासिक करिब २ सय नेपाली कामदार समस्यामा परेर स्वदेश फर्किने गरेका छन् । कतारको शहर दोहामा एनओसी भिसामा आएका धेरै नेपाली समस्यामा परेर बसिरहेको दूतावासले जानकारी दिएको छ ।

म्यानपावर र एजेन्टले एनओसी भिसा निकालेर कामदार कतार पठाउदै आएका छन् । यो विषयमा सरकारी निकाय भने मौन छ । आजद भिसामा पनि म्यानपावर र एजेन्टले कतार झुकाएर नेपाली युवा पुराउने गरेको पाइन्छ । एनओसी भिसामा कामदार कतार पठाउन बन्द गर्ने वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माग गदै आएको छ । केही म्यानपावर र दलालले एनओसी भिसामा कामदार कतार पठाएर समस्या सिर्जना गरेको भन्दै संघले श्रम स्वीकृति रोक्न माग श्रम मन्त्रालयसँग गरेको जनाएको छ ।

गत वर्षदेखि एनओसी भिसामा कतार कामदार पठाउने दलालविरुद्ध कतारको खोज अनुसन्धान तथा अनुमगन विभागले कारबाहीसमेत गदै आएको छ । यसरी भिसा व्यापारमा संलग्न व्यक्तिलाई कारवाही गर्ने नेपाली दूतवासमा समेत पत्राचार गरेको थियो । गत वर्ष विभागले एनओसी भिसा कारोबारमा संलग्न ४० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया समेत अगाडि बढाइएको थियो । यसरी भिसा कारोवारमा संलग्न विदेशी नागरिकलाई कतारको कानुन मन्त्रालयले २० हजार रियाल जरिवान र १ वर्ष जेल सजाय हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : ४५ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा