स्कुटरको डिक्कीमा राखेको २ लाख चोरी, एक जना पक्राउ | Khabarhub Khabarhub

स्कुटरको डिक्कीमा राखेको २ लाख चोरी, एक जना पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका-३ खजुराका ३५ वर्षीय मोहन मगर भन्ने मोहन खत्रीलाई स्कुटरको डिक्कीमा राखेको नगद चोरेको अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

खत्रीलाई थप अनुसन्धान एवम् कारबाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : ०२ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको