नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा ! | Khabarhub Khabarhub

नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाबाट नेपालमा साइबर हमला हुन सक्ने आशंका गर्दै नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका बैंकबाटबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत गराइएको छ ।

राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

यस्तो खबर सार्वजनिक भएपछि नेपालमा पनि हुनसक्ने सम्भावित त्यस्तो हमला रोक्न विभिन्न खाले उपयाहरू अपनाउन वित्तीय संस्थाहरूलाई जानकारी गराइएको अधिकारीहरूले बताए।

उत्तर कोरियाले नेपालको एउटा बै‌कबाट पनि ठूलो रकम ह्याकिङमार्फत् लगेको पुष्टि भइसकेकाले पनि सतर्कता अपनाउन आह्वान गरिएको अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका अधिकारीहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरूको समूहले सन् २०१७ को अक्टोबरमा नेपालको एउटा ब्याङ्कबाट रकम चोरी गरेका थिए।

त्यसबेला ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको भए पनि ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको अधिकारीहरू बताउँछन्।

यो पनि पढ्नुहोस्

रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ४४ बजे

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको