बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा | Khabarhub Khabarhub

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ ।

सो गाउँपालिका–२ स्थित कजवे डुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पु¥याएको छ । सोमबार र मङ्गलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा डुडुवा गाउँपालिकाको बेतहनीमा केही घरसमेत डुबानमा परेको अध्यक्ष चौधरीले बताए । बाढीका कारण सो गाउँपालिकाको वडा नं ३ राजारामपूर्वाका मोलहे अहिरका तीन भैँसी मरेका छन् । भैंसीलाई बाढीले बगाएको थियो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

यसैगरी नेपालगञ्जमा परेको दुई दिन देखिको अविरल वर्षाका कारण नगरका होचा बस्ती डुबानमा परेका छन् । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका हुन् । नालाको निकास नहुँदा स्थानीय बेलासपुर, रानी तलाउ, महेन्द्रपार्क, घरबारीटोल, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझालगायत क्षेत्र जलाम्य भएका छन् ।

ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले तदारुकता नदेखाएको स्थानीयवासीको गुनासो छ । एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् ।

नगर प्रमुख डा धवलशम्शेर राणाले अर्को वर्षदेखि डुबानको समस्या नरहने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ५७ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा