यी बलिउड सेलिब्रेटी, जसको इन्गेजमेन्ट भयो तर विवाह भएन | Khabarhub Khabarhub

यी बलिउड सेलिब्रेटी, जसको इन्गेजमेन्ट भयो तर विवाह भएन


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – हिरो हिरोइनको इन्गेजमेन्ट, विवाह र डिभोर्स सामान्य विषय हुन् । हलिउड, बलिउड र कलिउडमा पनि अभिनेता अभिनेत्रीको सम्बन्ध समस्याहरु आउने गरेका छन् ।

भारतीय फिल्म उद्योगमा प्रेम सम्बन्धलाई विवाहसम्म लैजान केही सेलिब्रेटी असफल भएका केही उदाहरणहरु छन् । जसले विवाहका लागि इन्जेमेन्ट त गरे तर विवाह हुन सकेनन् । यस्ता केही सेलिब्रेटीका बारेमा हामी यहाँ चर्चा गर्दै छौं ।

सलमान खान र संगीता बिजलानी

सलमान खान अझै अविवाहित छन् । उनीसँग धेरै हिरोइन र युवतीहरुको नाम जोडिने गरेको छ तर पनि उनले विवाह गरेका छैनन् । सलमानले सन् १९९४ मै विवाहका लागि कार्डसमेत छापेका थिए तर विवाह रोकिएको थियो ।

सन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण चर्चामा थिए । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको भारतीय अनलाइनहरुले जनाएका छन् । सबै कुरा मिलिसकेको थियो तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो । सोमी अलीसँगको सम्बन्धका कारण संगीताले सलमानसँगको सम्बन्ध तोडिन् ।

अभिषेक बच्चन र करिष्मा कपुर

अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले ऐश्वर्या रायसँग विवाह गरेका थिए । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

अभिषेक र करिष्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । अमिताभ बच्चनको ६० औं जन्मदिवसमा यी दुईको इन्गेजमेन्ट भएको थियो । पछि जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् ।

अक्षय कुमार र रविना टन्डन

९० को दशकमा रविना र अक्षय बलिउडको ‘टक अफ द टाउन’ थिए । एक अन्तर्वार्तामा रविनाले एक मन्दिरमा आफूले अक्षय कुमारसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । तर अक्षयले रविनालाई धोका दिएपछि उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन पाएन । पछि यी दुईले आफ्नो सम्बन्ध तोड्दै अलग बाटो रोजे ।

करिष्मा तन्ना र उपेन पटेल

यी दुई बिग बोस कार्यक्रममा नजिकिए । पछि उपेनले करिष्मालाई नच बलिएको सेटमा प्रपोज गरे । यी दुईले एक रियालिटी शोमा इन्गेजमेन्ट गरे र नीजि कारण देखाउँदै दुईले सम्बन्धविच्छेद भएको जानकारी दिए ।

विवेक ओबराय र गुरप्रित गिल

सन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

साजिद खान र गौहर खान

सन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे तर उनीहरुको यसलाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको बताए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ५३ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको