संसद बैठक भोलिसम्मको लागि स्थगित | Khabarhub Khabarhub

संसद बैठक भोलिसम्मको लागि स्थगित


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि(मंगलबार) सम्मको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै सो घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो ।

गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभापमुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरि सूचना टांसेर बैठक स्थगित भएको जनाएको हो । सूचनामा विशेष कारणले बैठक बस्न नसकेको जनाईएको छ ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल जेठ २७ गते सोमबार १५ मिनेटपछि बस्ने गरि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल जेठ २८ गते मंगलबार बिहान ११ बजे बस्ने गरि निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड