संसदमा कांग्रेसको प्रश्न– सरकारको विरोध गर्नेको टाउकोमा डण्डी बर्साउने हो ? | Khabarhub Khabarhub

संसदमा कांग्रेसको प्रश्न– सरकारको विरोध गर्नेको टाउकोमा डण्डी बर्साउने हो ?


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार माइतीघरमा गुठीसम्बन्धी विधेयकको विरोधमा भएको आन्दोलनमा प्रहरी दमन भएको भन्दै कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।

सोमबारको संसद बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले गुठीयारमाथि प्रहरीले किन दमन गर्‍यो त्यसको जवाफ संसदमा गृहमन्त्रीले दिनुपर्ने बताइन् ।

‘गुठियारको आवाजलाई बरबर रुपबाट अपमान गरिएको छ गुठियारको आवाजलाई रोक्न टाउँकोमा हान्ने, पानीको फोहरा प्रहार गर्ने जुन काम भएको छ त्यसको चित्वुझ्दो जवाफ सरकारले दिनुपरो’ उनले भने,‘कित भन्नु पर्यो‍ प्रजातन्त्रमा सत्ताले ल्याउको कामको विरोधमा कोहि बोल्यो भने लाठी बर्साउँछौं, थुन्छौ भनेर ।’

‘जुन घटना भएको छ त्यसमा गृहमन्त्रीले सदनमा जवाफ नदिएसम्म प्रमुख प्रतिपक्षी दलले सदन चल्नका लागि सहयोग गर्न सक्दैन’ भुसालले भनिन् ।

शुरुहुनासाथ गुठीयारमाथि सरकारले बर्बता अपनाएको भन्दै कांग्रेस सांसद बालकृष्ण खाँडले विरोध गरेका थिए । त्यसपछि भूमि सुधारमन्त्री पद्मा अर्यालले त्यसको जवाफ दिएकी थिइन् ।

यसअघि बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपुर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापुर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरे ।

संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिवद्धता जाहेर गरेको स्मरण गर्दे उनले गुठी सम्बन्धी विधयेकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गरे । उनले गुठीयारहरुले राजधानी काठमाण्डौको माईतीघरमा सरकारको ध्यानाकर्षण लागि शान्तिपुर्ण रुपमा विरोध जुलश गर्दा प्रहरीले धरपकड गर्ने काम गरेको भन्दै उहाँले सो कार्यको विरोध गरे ।

खाँडले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको आरोप लगाए । उनले भने “धर्म प्रचार विश्वविद्यालयले पिएचडीको टोपी लगाईदिन्छ । धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ । यो घोर आपत्तीजनक छ । ”

खाँडले सरकारले संविधानको मर्म विपरित विधेयकहरु ल्याउने काम गरिरहेको दाबी गरे । उनले भने“सभामुख महोदय, संविधान विपरत विधेयकहरु बारम्बार सदनमा किन प्रवेश गराउन खोजिन्छ ? संविधानको गम्भीरतापुर्वक अध्ययन गरियोस् । संविधानलाई स्वामित्वमा लिएका राजनीतिक शक्तिहरुले , दलहरुले यो संविधानको पालना र रक्षा गर्नुपर्दैन? झन संविधानको पालना गर्नुपर्ने, रक्षा गर्नुपर्ने सरकार नै सविधान उलंघनमा छ । यो घोर आपत्ती जनक छ । पछिल्ला विधेयकहरु संविधानले प्रदत्त गरेका हक अधिकारलाई कुण्ठित गर्ने मनसायबाट ल्याईएको छ । यो चाही घोर आपत्तीजनक छ ।”

सरकारले धर्म संस्कृति, परम्परा र गुठीको अस्तित्वलाई नै सपाप्त पार्ने ढंगले गैह् उत्तरदायी ढंगले गुठी सम्बन्धी विधेयक अगाडि बढेको भन्दै उनले घोर आपत्ती जनाउनुभयो । लगत्तै सभामुखले सत्तापक्षका सांसद पम्फा भुसाललाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गरेका थिए । आफुहरुको विरोधका बाबजुत सत्तापक्षका सांसदलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गर्दै सभामुखको कार्यशैलीको विरोध गरेका हुन् । सांसद भुसालले पनि गुठि सम्बन्धी विधेयक र गुठीयारको प्रर्दशनमा भएको धरपकडको विरोध गरेकी थिइन्

लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रमुख प्रतिपक्षीले विरोध गरिरहेका बेला सत्तापक्षका सांसदलाई बोल्न दिएकोमा गम्भीर आपत्ती जनाए । उनले भने “सरकारको के हो धारणा ? सरकारको धारणा हामीलाई चाहियो । यो गम्भीर आपत्तीजनक छ । यो नियमावलिको उलंघन हो ।”

सभामुख कृष्ण महाराले मंगलबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : ४४ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।