के साँच्चिकै धूम–४ मा भिलेनको भूमिका खेल्दैछन् शाहरुख खान ? | Khabarhub Khabarhub

के साँच्चिकै धूम–४ मा भिलेनको भूमिका खेल्दैछन् शाहरुख खान ?


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुपरस्टार शाहरुख खान आदित्य चोपडाको ब्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् ।

यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए ।

जिरो गत वर्ष रिलिज भएको थियो तर यसले दर्शकको मन जित्न सकेन ।

यो फिल्म बक्स अफिसमा फ्लप हुन गयो । अहिले शाहरुख खानसँग कुनै नयाँ प्रोजेक्ट छैन । राकेश शर्माको बायोपिक फिल्ममा शाहरुख ले नखेल्ने बताइसकेका छन् । अब उनीसँग समयको अभाव छैन ।

के अब शाहरु खान साच्चिकै भिलेको भूमिका खेल्न गइरहेका छन् त ? यशराज फिल्मसको धूम सीरिजमा अहिलेसम्म ठूला कलाकारलाई भिलेनको भूमिकामा देखाइएको छ ।

शाहरु खानले केहीसमयदेखि अभिनेताको रुपमा खास कमाइ गर्न नसकिरहेको अवस्थामा उनले यो विकल्प चुनेको हुनसक्ने आँकलनहरु भारतीय फिल्म उद्योगमा चलिरहेको समाचार सार्वजनिक भएका छन् ।

धुम सिरिजमा अहिलेसम्म जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान भिलेको रुपमा देखिइसकेका छन् । अब हेर्न बाँकी छ नयाँ सिरिजमा कुन चर्चित अनुहार भिलेको रुपमा आउने छ ?

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : ५२ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा