मालवाहक सवारी साधनमा रोक लगाउने निर्णयप्रति चेम्बरको आपत्ति | Khabarhub Khabarhub

मालवाहक सवारी साधनमा रोक लगाउने निर्णयप्रति चेम्बरको आपत्ति


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले दिउँसोको समयमा मालवाहक सवारी साधन गुड्न रोक लगाइएकोमा आपत्ति जनाएको छ ।

मालबाहक सवारी साधनमा रोक लगाइँदा औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा असर पुग्ने भन्दै चेम्बरले आपत्ति जनाएको छ ।

यस विषयमा चेम्बरको टोलीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानकर्षण समेत गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सवारी आवागमन सञ्चालनमा सहज तुल्याउन सडक निर्माण तथा प्रविधिमा सुधारजस्ता वैकल्पिक व्यवस्था गर्न सुझाव दिए ।

ट्राफिक व्यवस्थापनमा सहज गर्ने भन्दै मन्त्रालयले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेक अन्य समयमा मालबहाक ढुवानीका साधन सञ्चालनमा असार १ देखि रोक लगाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : १७ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्