राष्ट्रिय एकताका लागि सबैले सबैको सम्मान गरौंः प्रचण्ड | Khabarhub Khabarhub

राष्ट्रिय एकताका लागि सबैले सबैको सम्मान गरौंः प्रचण्ड


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेको छ ।

अध्यक्ष दाहालले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क गरे । ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजदुत हुने हो’ अध्यक्ष प्रचण्डले भने ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्ष दाहालले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पुर्‍याएको योगदानको पनि चर्चा गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ८ : १६ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय