मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन १ सय १० वटा स्वास्थ्य संस्था सूचिकृत | Khabarhub Khabarhub

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन १ सय १० वटा स्वास्थ्य संस्था सूचिकृत


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय १० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् ।

नयाँ मापदण्डअनुसार जम्मा १ सय २६ नयाँ स्वास्थ्य संस्था सूचिकरणमा आएको श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले जानकारी दिएको छ । जसमा मलेसियाका लागि मात्र १ सय १० वटा स्वास्थ्य संस्था दर्ता हुन आएको मन्त्रालयले जनाएको छ ।

नयाँ मापदण्डअनुसार रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचिकरण हुन श्रम मन्त्रालयले गत चैत पहिलो साता सूचना प्रकाशित गरेको थियो ।

२०७१ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउनका लागि २ सय २६ सस्थाले मात्र मान्यता पाएका थिए ।
अब भने ३ सय ५२ वटा स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन पाउने मन्त्रालयको भनाइ छ ।

सरकारी अस्पतालले भने सूचिकरण नभएपनि स्वतः स्वास्थ्य परीक्षण गराउन पाउने श्रम मन्त्रालयले जनाएको छ । यससँगै वैदेशिक रोजगारीमा जाने कामदारले प्रदेश र जिल्लाका सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् ।

पछिल्लो समय श्रम मन्त्रालयले खुलाएको आवेदनमा ठूला मेडिकल कलेज पनि सूचिकरण भएका छन् । सूचिकरणका लागि ठूला अस्पताल पनि आएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले बताए । पहिला जस्तो जस्तोसूकै स्वास्थ्य सस्थाले परिक्षण गर्ने नपाउने उनको भनाइ छ ।

मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ । श्रम मन्त्रालयले मलेसिया जाने कामदारको सिण्डिकेट अन्त्यका लागि ठुलो प्रयास गरेका थिए । मन्त्री विष्टले नै मापदण्डअनुसार मात्र मलेसिया कामदार रोजगारीमा पठाउने अडान राख्दै आएको थिए ।

नयाँ मापदण्डमा अब रोजगारीमा जाने कामदारको उचाइ, लम्बाइ, तौल र शरीरको पूर्ण परीक्षण गराउनुपर्ने भएको छ । यो भन्दा अगाडी यसरी स्वास्थ्य परिक्षण हुँदैन थियो । यस्तै, ल्याव र एक्सेरममा उच्च रक्तचाप, एचआइभी एडस, मुटुरोग, मधुमेह हात्तीपाइले, मलेरिया, क्यान्सर जस्ता रोगको पनि अनिवार्य परीक्षण गर्नुपर्नेछ । यी रोग परीक्षण गने मेडिकलले सम्बन्धित विषयका योग्य डाक्टर राख्नुपर्ने मापदण्डमा तोकिएको छ ।

यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३९ वटा स्वास्थ्य संस्थाहरूले मात्रै गर्दै आएका थिए । आगामी दिनमा भने मापदण्ड पूरा भएका देशैभरिका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् । यससँगै वैदेशिक रोजगारीका लागि हुने स्वास्थ्य परीक्षणको सिण्डिकेट अन्त्य हुने भएको छ । श्रम मन्त्री गोर्कण विष्टले मलेसियासँगै अन्य देशमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा भइरहेको सिण्डिकेटको अन्त्य गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : ३२ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा