विखण्डनकारी नारासहित सीके राउतलाई जनकपुरमा स्वागत, यसअघि नदेखिएका निजी दस्ताको विशेष सुरक्षा घेरा (भिडियो सहित) « Khabarhub

विखण्डनकारी नारासहित सीके राउतलाई जनकपुरमा स्वागत, यसअघि नदेखिएका निजी दस्ताको विशेष सुरक्षा घेरा (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – सरकारसँग भएको सहमतिको दुई दिन नबित्दै जनकपुर पुगेका सीके राउतलाई विखण्डनकारी नाराजुलुससहित स्वागत गरिएको छ ।

जनकपुर विमानस्थल पुग्दा उनको सुरक्षाका लागि यसअघि कहिल्यै नदेखिएका ‘बुलेट प्रुफ’ भेस्ट लगाएको जस्तो देखिने उनका ८ जना निजी अंगरक्षकले सुरक्षा प्रदान गरेका थिए ।

सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले आइतबार नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ मागेका थिए ।

उता जनकपुर पुगेका सीके राउतलाई  भने उनका समर्थकहरुले स्वतन्त्र मधेशको झण्डा र नारासहित स्वागत गरे पनि प्रशासन मौन देखियो ।

विखण्डनकारी राजनीति त्यागेर मुलधारको राजनीति थालेको घोषणा गरेका राउतका समर्थकहरुले ‘नेपाली उपनिवेश मुर्दावाद’ भन्दै नाराजुलुस गर्दा नजिकै रहेका सुरक्षाकर्मी र सीके राउत स्वयं मौन देखिएका थिए ।

यो पनि पढौं

सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : ५८ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको